२०८२ बैशाख २९ गते मङ्गलवार

सहायक वन अधिकृत नारायण पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ



माघ १२ बाँकेस्थित सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका  आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिको टोलीले पार्देलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा  पक्राउ गरेको हो । यस्तै उनको साथबाट श्रोत नखुलेको पैतालीस हजार नौ सय पचहत्तर रुपैयाँसमेत फेला पारेर थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार