रोल्पा । रोल्पाको त्रीवेणी ७ छम्मा निवासी अन्दाजी ४० बर्से शोभाराम बुढाथोकी माघ ८ गत्ते ससुराली गएको र ९ गत्ते ससुरालिबाट फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क भएन त्यस पछि बिहान पनि घर न आएपछी घर परिवारले खोजी कार्य जारी गर्यो खोजी गर्दै गर्दा आज बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला पारे । त्यस पछि अनुसन्धान गर्दै जादा त्रीवेणी 7 गर्गरे निवासी अन्दाजी५८ वर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० बर्से गनेस डागी र १६वर्षका खुस्मान डागीलाई सोधपुछकोलागि प्रहरिले हिरासतमा राखेको छ ।
उनी ससुरालिबाट फर्किदै गर्दा त्रीवेणी ७ गर्गरेमा रहेको पसलमा रु २०० अक्षेरुपी दुई सय को सामान किनेको उनिसङ्ग पैसा नभएकोले त्यही ठाउमा मौरिको मह लिन गएका अन्दाजी ३० वर्षे गनेश डागी र अन्दाजी १६ वर्ष खुस्मान डागीलाई पैसा मागेको र उनिहरु सङ्ग पनि नभएको हुनाले पसल साउजिले मृतक बुढाथोकीको मोबाइल जफत गरेर पैसा लियर आउ अनि मोबाइल लगेर जाउला भनेर पठाए त्यस पछि उनी सहित उनकै गाउका २ जना डागी घर गएको आरोपी पसल साउजी बल बहादुर बिक भन्छन । तर आरोपी दुबै डागीले भने उनी दुबै जना मह लिएर उनी भन्दा अगाडि नै घर गएको बताएका छन घटनाबारे बुझ्न ३ जनालाई प्रहरिले हिरासतमा लगेको छ । घाइतेको टाउकोमा र अनुहरमा भम्भिर चोट लागेको छ । उहीँ रगतम्मे भएर करि६०० मिटर हिडेको जस्तो बाटोमा बगेको रगतले सन्का उब्जाएको छ । शबलाई पोस्टमार्टमको लागि रोल्पा जिला अस्पताल रेउघा पठाइएको छ । घटनाबारे बिस्तृत बिवरण भने आउन बाकी छ ।