२०८३ साउन २६ गते बुधवार

मन्त्री किरातीको अभिव्यक्ति विरुद्ध जनकपुरधाममा प्रदर्शन



पाैस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार दिएको अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको भन्दै जनकपुरधाममा विरोध र्‍यालिको आयोजना गरिएको छ ।

मन्त्री किरातीको अभिव्यक्ति एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै आपत्ति जनाउँदै विश्व हिन्दु परिषदको आयोजनामा र्‍यालि प्रदर्शन गरिएको हो । र्‍यालिमा सहभागिहरुले किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नु पर्नेसहितका माग गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैषणवको अगुवाइमा विहीबार आयोजित सो र्‍याली जानकी मन्दिर परिसरबाट प्रारम्भ भइ नगरको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमा आएर विरोधसभामा परिणत भएको थियो ।
मन्त्री किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीको उक्त भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने हिन्दुवादी अभियन्ताहरुको कथन छ ।

मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको भन्दै तत्काल बर्खास्त गर्नु पर्ने उत्तराधिकारी महन्त दासले माग गरेका छ्न् । मन्त्री किरातीलाई बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेताबनी समेत उनले दिएका छन् ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार