२०८१ चैत्र १ गते आइतवार

तुलसीपुर उपमहानगरपालिका मेयर खड्का  द्वारा २८ वर्षीय पम्पी पुन लाई आर्थिक सहयोग



कार्तिक २३ गते

कार्तिक ९ गते तुलसीपुर उपमहानगरपालिका १९ श्री खोलाकी २८ वर्षीय पम्पी पुनको आगोले जलेर मुख छाति  लगायत अङ्गमा घाउ लाग्यो । अत्यन्त गरिव भएको कारण श्रीमान वुद्धिराम पुनले श्रीमतिको उपचार नगरि घरमै मृत्यु कुरेर बसे ।एक कान दुइ कान मैदान गर्दै  कार्तिक २२ गते वडा अध्यक्षलाई टेलिफोनमा आएको जानकारिका आधारमा उहाँकै पहलमा पालिकाले राप्ती प्रादेशिक अस्पतालमा निशुल्क उपचार गर्न व्यवस्था मिलायो ।कार्तिक २३ गते अस्पतालले घाउ संक्रामक भएको तुरुन्त काठमाडौं रिफर गरे पछि आफुले काठमाडौं लान नसक्‍ने भन्दै श्रीमानले अस्पताल तथा त्यहाँ उपलब्ध मान्छेहरु माझ हारगुहार गरिरहेको बेला आमाको उपचार गर्न अस्पताल पुगेका तुलसिपुर १० निबासी ऋषिराज ओलीले त्यहिबाट  तुलसिपुरका मेयर टिकाराम खड्कालाई टेलिफोन मार्फतलाई सबै कुरा जानकारी गराए पछि   मेयर टिकाराम खड्काले तत्काल तुलसिपुर उपमहानगरपालिका  स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेलाई निशुल्क एम्बुलेसन्सको व्यवस्था गराउन निर्देशन दिनु भयो । मेयरकै समन्वयमा मेयर टिकाराम खड्का ,स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने ,विष्णु गिरि र सुशिल खड्काहरुको व्यक्तिगत तर्फवाट  १४००० तुलसिपुर  वडा न १९का वडा अध्यक्ष प्रमेनाथ योगि तथा वडा सदस्य रामबहादुर पौडेलको व्यक्तिगतर्फबाट १०००० उपलब्ध स्थानीय युवा नगरपालिकाकै लेखा अधिकृत प्रदिप वली , युवा ऋषिराज ओलि ,लाइन्स  क्लवका तुलसिपुर उपाध्यक्ष सुरेश बस्‍नेत,  युवा व्यवसायी बबिश्‍वर भट्टराई बाट ५००० जम्माजम्मी नगद २९००० सहित काठमाडौ पठाइएको छ । पालिकाले काठमाडौं काे   बिर होस्पिटल   संग समेत समन्वय गरि पठाउनु भएको छ

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार