२०८१ चैत्र ७ गते शनिवार

धर्मेन्द्र बाँस्तोलाले अर्को लेनमा गएर ठक्कर दिएको प्रहरी अनुसन्धानवाट खुल्यो




, कार्तिक १५ । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला विरुद्ध सवारी ज्यान मुद्धामा १३ दिन देखी हिरासतमा राखेर अनुसन्धान गरी रहेको दाङ प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयलाई वुझाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहर प्रमुख रामबहादुर केसिले प्रहरीले आफ्नो तर्फवाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल पेश गरेको जानकारी दिए । सरकारी वकिलले फाइल अध्ययन गरेर केही दिनपछि दाङ जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने उनले बताए । वास्तोलाले जिल्ला प्रशासन कार्यालय दाङमार्फत बुझाउने क्षतिपुर्ति वाफतको ५ लाख रुपैँया नबुझाएकाले त्यो रकम उपलब्ध गराएपछि फाइल अध्ययन गरेर अदालतमा मुद्धा दर्ता हुने सरकारी वकिल कार्यालय दाङका प्रमुख देवराज भारतिले जानकारी दिए । उनले वास्तोलाको वयान पनि लिइसकीएको बताए । जिल्ला प्रहरी प्रमुख केसिले प्रहरीले फाइल बुझाइ सकेकाले मुद्धा कहिहले अदालतमा दर्ता गर्ने पनि अधिकार सरकारी वकिललाई हुने बताए । उनले मुद्धा दर्ता भई अभियोजन गरेर थुनछेक आदेश नहुँदासम्म वास्तोला प्रहरी हिरासतमा रहने जानकारी दिए । प्रहरीका अनुसार वास्तोलाले चलाएको आफ्नै गाडि नविकरण नरहेको खुलेको छ । यद्यपि, सरकारी वकिल कार्यालयले पनि गाडि नविकरण रहेको नरहेको वारे यातायात कार्यालयलाई पत्राचार गरेको दावि गरेको छ । प्रहरी स्रोतका अनुसार वास्तोलाले अर्को लेनमा गएर ठक्कर दिएकै कारण ब्यक्तिको ज्यान गएको खुलेको छ । वास्तोलाको लापरवाहीका कारण नै दुद्र्धटना भएको प्रहरीको अनुसन्धानवाट खुलेको छ । वास्तोलाको लापरवाहीले ब्यक्तिको ज्यान गएको भए सवारी ज्यान मुद्धामा २ नम्वर लगाए उनि पुर्पक्षका लागि कारागार चलान हुने जिल्ला प्रहरी कार्यालय दाङको मुद्धा फाटमा रहेका एक जना प्रहरी अधिकारीले बताए ।

मुद्धा दर्ता हुने दिन उनलाई अदालत उपस्थित गराइने प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

गत कात्तिक २ गतेदेखि बाँस्तोला प्रहरी नियन्त्रणमा छन्। दसैं बिदाका कारण बाँस्तोला विरुद्धको मुद्धाको फाइल १३ दिनपछि प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
नेता बाँस्तोलाले चलाएको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

बाँस्तोला त्यसबेला सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ तर्फ जाँदै थिए।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार