
असाेज २० शनिबार
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का योगेश श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाले नियन्त्रणमा लिएर ट्याक्टर आज सम्म पनि फिर्ता नपाएको गुनासो गर्नु भएको छ दुई वर्षअघि खैरेनीमा घर बनाउँदा बाँकी रहेको बालुवा प्रयोगगरी डबरी-खैरेनीमा कल्भर्ट बनाउने बेलामा ट्याक्टर उपमहानगरपालिकाले अवैध बालुवा उत्खनन्को आरोपमा नियन्त्रणमा लिएको उहाँको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १५ ले पनि चोरी गरिएको हैन भन्ने सिफारिस दिएको र छानबिन समितिको प्रतिवेदनमा सोहि बमोजिम भएको भएपनि उपमहानगरपालिकाले व्यक्तिगत रिसिवी साँध्न ट्याक्टर नदिएको उहाँको भनाई छ । शुक्रबार रिपाेर्टर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले गत भदौ २९ गते उपमहानगरपालिकाले नियन्त्रणमा लिएको ट्याक्टर २३ दिनसम्म आफुले नपाएको गुनासाे गर्नुभयाे ।नदिजन्य पदार्थ चोरी नगरेका कारण कुनै पनि हालतमा २५ हजार जरिवाना नबुझाउने उहाँले बताउनु छ भने उपमहानगरपालिकाले वडाको सिफारिस र छानविन समितिको प्रतिवेदन आउँदा पनि ट्याक्टर जरिवाना नलिएर फिर्ता नगर्ने अडान लिएको छ । तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन अनुगमन समितिका संयोजक शंकर कुमार खड्काले ट्याक्टर व्यवसायीलाई दु:ख दिने नियत नरहेको बताउनुभयो । यसरी ट्याक्टर जरिवाना नलिई छोड्नेबारे अध्ययन प्रतिवेदन नहेरी केहि भन्न नसकिने बताउनुभयो ।
भन्नु भयाे नदिजन्य पदार्थसहित नियन्त्रणमा लिएका ट्याक्टरलाई जरिवाना लिएरमात्रै छोड्ने गरेको दाबी गर्नु भएको छ हामि जरिवाना तिरे पनि आफ्न गाडि नपाएको पिडित श्रेष्ठ जानकारी दिनु भएको छ

वडाकाे सिपारिस