
असाेज १९
सल्यानमा केही दिन देखि हराइरहेकी एक जना महिला आफ्नै घरमा खाद्यान्न राख्ने भकारी भित्र मृत अवस्थामा फेला परेकी छन् जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नं. ४ खार्पनकी ४९ वर्षीकी गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएकी हुन् ।
मृतकको घरमा मृतक महिला सहित उनका छोरा, छोरी र बुहारी बस्दै आयका थिए । मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म पनि सम्पर्कमा नआएपछि गाउँलेहरुले उनकाे खोजिकार्य गरिदिन अनुरोध गरनु भएको थियोे ।बिहीबार गाउँलेहरु मृतकको घरमा जम्मा भई घरभित्र शव गन्ध आएको थाहा पाएपछि हेर्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएकाे छ
शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिकाे यस बिषयमा अनुसन्धान भैईरहेकाे प्रहरीको बताएको छ
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार