२०८० फाल्गुन ९ गते बुधवार

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ प्वाले बस्ने अन्दाजी २४ वर्षीय महेश थापा मगर मृत फेला



हेटौंडा

/बागमती प्रदेशको राजधानी हेटौंडास्थित आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ प्वाले बस्ने अन्दाजी २४ वर्षीय महेश थापा मगर मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले हामीलाई जानकारी दिए

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, महेश आफ्नै घर पछाडी बारीमा रहेको बकाईनोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार