
२०८० असोज १०, बुधबार
त्रिवेणी गाउँपालिका रोल्पाले `सुत्र´ मा राजस्व मोड्युल सञ्चालन तालिम प्रदान गरेको छ।

गाउँपालिकाको राजस्व सम्बन्धी कार्यहरू डिजिटल प्रणालीमा आबद्ध गर्नको लागि वडा कार्यालयका कर्मचारीहरूलाई मंगलबार र बुधबार २ दिन गाउँपालिकाले तालिम प्रदान गरेको हो ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजस्व मोड्युल तालिम कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सुचना प्रविधि अधिकृत भरत डि.सी र राजस्व शाखा प्रमुख वीर बहादुर डाँगीले वडा कार्यालयका कर्मचारीहरूलाई प्रशिक्षण दिनुभएको हो । आज देखि पालिकाका सात वटै वडाहरुमा सुत्र प्रणालीबाटै पूर्णरुपमा राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू भएको गाउँपालिका राजस्व शाखा प्रमुख वीर बहादुर डाँगीले बताउनुभयो ।
साथै त्रिवेणी गाउँपालिका सुत्र प्रणालीबाट पूर्णरूपमा राजस्व सम्बन्धि काम गर्ने एक पालिका समेत रहेको छ ।

यो प्रणालीले राजस्व व्यवस्थापन प्रणालीको प्रारम्भ, वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता र सेवा प्रवाहमा सहजता, खर्चमा बचत तथा वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।