२०८० फाल्गुन ९ गते बुधवार

बाबु छोराको एउटै चितामा अन्त्येष्टी



८ असोज । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टी गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टी गरिएको स्थानीय सागर रोकाले बताएका छन ।

दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ ग्वारखोला टोलका ५० बर्षीय गणेश बुढा वुवा र २५ बर्षीय भक्तबहादुर (छोरा) को एउटै चितामा अन्त्यष्टी गरिएको हो । दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका ३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अबस्थामा सोमबार विहान साढे ६ बजेतिर जीप अनियन्त्रित भइ पल्टिदा घटना स्थलमै मृत्यु भएको थियो । छोराले गाडी चलाईरहेका थिए, भने वुवा सोही गाडीमा सवार थिए । उनीहरु दुबै जना बाबुछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल,नारायणघट,बाँकेलगायतका बजारमा बेच्दै आएका थिए । उनीहरू पाँच बर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए ।

रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार