
दाङमा खुकुरी प्रहार गरि एक महिलाको हत्या गरिएको छ । आज तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेमाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अबस्था मध्यम रहेको छ ।खुकुरी प्रहार गर्ने टेक बहादुर प्रहरीले पक्राउ परेका छन
यस बिषय अनुसन्धान भैइरहेको छ
प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार