२०८१ असार १२ गते मङ्गलवार

रास्वपाका सभापति रबि लामिछाने रोल्पा आउँदै



असाेज ०२

रास्वपाका सभापति लामिछाने रोल्पा आउँदै (कार्यक्रमको समय तालिका) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रोल्पा आउने भएका छन । उनी काठमाडौं देखि नेपालगञ्ज आउने र नेपालगञ्ज देखि रोल्पा आउने कार्यक्रम तय भएको छ । सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिए । सभापति लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्ने कार्यक्रम छ । सुलिचौरको कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ प्रवेश गर्ने छन । आज नै उनले लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ । सदरमुकाम लिबाङको कार्यक्रम सकिए पछि उनी सदरमुकाम नजिकैको गाउँमा स्थानियको घरमा बास बस्ने योजना रहेको छ । सदरमुकाम लिबाङको कार्यक्रम समापन पछि उनी पश्चिम रोल्पाका गाउँ छिर्ने योजना रहेको छ । लामिछाने बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा पुग्ने छन । त्यहाँ उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । बागमाराको कार्यक्रम पछि उनी परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर पुग्ने छन । पुचलाचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन । पुतलाचौर पछि उनी परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोट पुग्ने छन । खरिबोटमा स्थानिय स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन । खरिबोट पछि उनी थबाङ गाउँपालिकाको टुटु बजार पुग्ने छन । टुटुमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । टुटु पछि उनी माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पाको थबाङ गाउँपालिकाको ठूलोगाउँ पुग्ने छन । थबाङमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । अन्यत्र भन्दा लामिछानेको थबाङ बसाई तुलनात्मक रुपमा लामो हुने छ । थबाङको कार्यक्रम पछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउने छन । घर्तिगाउँमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेट्ने छन । घर्तिगाउँ पछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्न पुग्ने छन । तिला पछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने छन । होलेरीमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन । लामिछानेको रोल्पा बसाई पाँच गते सम्म रहने छ । सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ । रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ । लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो र उत्सुकताका साथ हेरिएको छ । साभार Radio Malashree FM 100.5MHz

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार