२०८० फाल्गुन ९ गते बुधवार

प्रति भण्डारीकाे नेतृत्वमा तुलसीपुरमा १०० बढि युवाहरु ‘ले माओवादी केन्द्र राेजे



तुलसीपुरमा १०० भन्दा बढि  युवा हरु माओवादी केन्द्रमा राेजेका छन । प्रति भण्डारीकाे नेतृत्वमा प्रवेश गरेका युवाहरूलाई माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयाेग संयाेजक कुबेर वली, पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीलगायतले स्वागत गरेका छन् ।तुलसीपुर ५ पार्टीकाे आयाेजनामा कार्यक्रम भएकाे हाे। त्यस अवसरमा प्रमुख अतिथि वलीले युवाहरूले भ्रष्टाचार बिरूद्व आवाज उठाउनु पर्ने बताए । युवाहरूले अबकाे भ्रष्टाचार बिरूद्वकाे आन्दाेलनमा भाग लिनु पर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ मन्त्रीधनबहादुर मास्कीले भ्रष्टाचार बिराेधी अभियानलाई सफल पार्न जनताले साथ दिनु पर्ने बताएका थिए ।

पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका वडा ईञ्चार्ज मिनराज भण्डारी, नेता बिरेन्द्र बिकलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण सचिब लाेकेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार