२०८० फाल्गुन ९ गते बुधवार

प्रादेशिक अस्पतालमा नयाँ बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंहको आगमन ।



चन्दन कुमार महतो

रौतहट भदौ१२

प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष #मोहम्मदअनवरहाशमीले प्रादेशिक अस्पतालको सभा हलमा आज आफ्नो अध्यक्षतामा स्वागत कार्यक्रमको आयोजना गरी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिव कुमार सिंह लाई फूल माला खादा ओढाएर सम्मानको साथ प्रादेशिक अस्पतालमा स्वागत गरेका छन् ।।

नयाँ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिव कुमार सिंह लाई प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, सदस्य ललन यादव,उपेन्द्र राय यादव, लेखापाल जितेन्द्र यादव, प्रशासन प्रमुख रामअश्रेै मुखिया,डाक्टर गोपाल गुप्त, इमरजेन्सी ईन्चार्ज राजेश कुमार सिंह, डाक्टर घनस्याम ठाकुर, लगायत प्रादेशिक अस्पतालको सम्पुर्ण स्टाफ हरु दोसाला र फुल माला टिका लगाएर प्रादेशिक अस्पतालमा डाक्टर संजिव कुमार सिंह लाई भब्य स्वागत गरेका छन्

कार्यक्रममा बोल्दै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिव कुमार सिंहले भने प्रादेशिक अस्पताल पहिला भन्दा अहिले धेरै सुधार भएको छ तर अहिले पनि अलिकति कमिकमजोरीहरु छन् त्यसलाई छिटो भन्दा छिटो समाधान गर्नेछौं मेरो प्रतिवद्धता छ ।

साथै मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय बाट पठाईएको दुई वटा महिला नर्सिङ अधिकृत लाई पनि प्रादेशिक अस्पताल गौरको पुरा टिम हरुले फूलमाला टिका लगाएर स्वागत गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार