२०८१ बैशाख १ गते शनिवार

चिर्पट प्रहार गरी श्रीमतीको हत्या



भदौ ०३

जिल्लाको पाँचखाल नगरपालिका–१२ स्थित नागबेलीमा एक व्यक्तिले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० घर भइ पाँचखाल–१२, नागबेली बस्दै आएका हरी माझीले उनकी श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरेको खबर स्थानीयले प्रहरीले जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिए ।

उनका अनुसार, खबर प्राप्त भएलगत्तै प्रहरी चौकी बालुवाका टोली घटनास्थलमा पुगी चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी कुमारीलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न हरि माझीलाई बालुवा प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक दोङले बताए । घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार