२०८१ जेष्ठ ८ गते मङ्गलवार

बागलुङ का टेक बहादुर दर्लामीको पोर्चुगलमा मृत्यु



भदौ ०३

बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको सङ्घका अध्यक्ष खड्काले जानकारी दिए।

खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए। सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। मृतक दर्लामीमगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए। उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उनले बताए। दर्लामीमगरको वृद्ध बुवाआमा र श्रीमती नेपालमा रहेका छन्।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार