
साउन २०
अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउदको भिरबाट लडेर मृत्यु भएको हो।
अछाम प्रहरीका अनुसार साउद शनिबार बिहान भिरबाट लडेकी थिइन् । उनको ३ वर्षका छोरा छन् ।
प्रकाशित मिति : २०८० साउन २० गते शनिवार