२०८० असोज १७ गते बुधवार

त्रिवेणी गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा



अमृत वली रोल्पा
त्रिवेणी गाउँपालिका रोल्पालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।रोल्पा जिल्लाका विभिन्न १० वटा पालिकाहरुमा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थितिमा जिल्ला स्तरको पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा योजना तर्जुमा गोष्ठि सम्पन्न पश्चात् पालिका खोप समन्वय समितिको २०७९चैत ०४ गतेको योजना तर्जुमा बैठकको निर्णय अनुसार प्रत्येक वडामा रहेको वडा खोप समन्वय समितिको बैठक बसी २०७९चैत १४ गते सम्म प्रत्येक वडामा स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयम सेविकाहरुद्धारा घरधुरी सर्वेक्षण कार्य सम्पन्न भयो । उक्त घरधुरी सर्वेक्षणबाट छुट भएका बालबालिकाहरुलाई २०७९चैत १५ देखी १९ सम्म गरी जम्मा ५ दिनमा खोप लगाउने कार्य प्रत्येक वडामा रहेका खोप केन्द्रबाट सम्पन्न गरी वडा खोप समन्वय समितिद्वारा पालिका खोप समन्वय समितिलाई सुलभ सर्वेक्षण कार्य गरी वडा घोषणाका लागि अनुमति दिन माग भए बमोजिम उक्त प्रक्रियाहरु सबै पुरागरी वडालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्नलाई अनुमति दिए पश्चात वडाले मिति २०८०बैशाख ०८ गते सम्ममा प्रत्येक वडाहरुले घोषणा सभा गरी वडा स्तरको कार्य सम्पन्न भयो । लगतै पालिकालाई पालिका खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा सभा कार्यक्रम गर्न तयारी अवस्थामा रहेको भएतापनि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्वारा मिति २०८०वैशाख ३१ सम्म देश व्यापी रुपमा छुट भएका बालबालिकाहरुलाई खोप दिने अन्तिम मिति तय गरेको हुदा सोही मिति सम्म पर्खनुपर्ने अवस्था सृजना भयो र आज २०८०जेठ १६ गते घोषणा कार्यक्रम सम्पन्न गरीएको छ ।
त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथितिमा जिल्ला समन्वय समिति प्रमुख एवम् जिल्ला खोप समन्वय समिति संयोजक सीता आचार्य , जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव नोखराज पोख्रेल ,त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डागि,प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसि , सातै वडाका वडा अध्यक्ष , गाउँकार्यपालिका सदस्य , स्वास्थ्य चौकिका इन्चार्ज , राजनितिक दल , महिला स्वास्थ्य स्वयंसेविका लगाएतको आथित्यता रहेको थियोे भने कार्यक्रमको सहजिकरण त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार