२०८० जेष्ठ १९ गते शुक्रवार

वि.व्य.स गठन विवादित बन्दा रोल्पा गंगादेब ५ मा अबस्थित नेपाल राष्ट्रिय मावि सिमखोलामा स्थानिय द्वारा तालाबन्दी



२०७९ पौष १४

आम अविभाबक भेलाको निर्णयले ४ जना को नाम अगाडि सारेको र वडा अध्यक्षले बेवास्था गरेको भन्दै तालाबन्दी गरिएको स्थानिय दिपक केसीले बताए । ६ महिना बिति सक्दा पनि वि.व्य.स गठन हुन नसक्दा साथै विधालयमा तालाबन्दी भएर विधार्थीको भबिव्य माथि खेलबाड गर्नु यो भन्दा लाजस्पद केनै हुन सक्छर ।

शिक्षा निमावली विपरित विधालय जस्तो शान्ति क्षेत्र भित्र राजनितिक आडमा वडा अध्यक्षको निर्देशनमा बि.व्य.स गठन गर्न खोज्दा स्थानियहरूले बाहिर बाट ताला समेत लगाएका थिए ।

विधालयका प्रधानाध्यापक नभएको उक्त विधालयमा नि.प्र.अ को काम गर्दै आउनु भएको मिना कुमारी शर्मालाई विना कारण धाक धम्कि दिदै मैले जे भन्छु त्यहि मान्नु पर्छ, नत्र राजिनामा दिनु भन्दै सार्वजानिक पद धारण गरेको व्यक्तिले एक स्थाई शिक्षकलाई अपमान पुर्ण व्यवहार गरेको बिधालयले जनाएको छ ।

बिधालयको आधिकारीक सुचना विना सोही बिधालयका केही शिक्षक कमल प्रकाश हमाल र मान बहादुर डाँगिको सहयोगमा वडा अध्यक्षको निर्देशनमा बन्द कोठामा वि.व्य.स गठन गर्न खोज्दा, अविभाबक राम कुमार शर्मालाई त्यहा प्रवेश गर्न नदिई हातपात सम्म गरेको बताईएको छ ।

बिधालय शान्ति क्षेत्र हो, अबिभावकलाई बिधालय बनाउन दिउ, राजनितिक हस्तक्षेप नगरौँ , यस बिषयमा सरोकार वाला पक्ष बाट समस्या को समाधान नभए सम्म स्थानियको संघर्ष को कार्य जारी रहने प्रेश विज्ञप्ती मा भनिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार