२०८१ साउन ६ गते सोमवार

सप्तरीमा एक जना युवकको हत्या



जेठ ८

जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो
अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले  प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए ।

अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार