२०८२ बैशाख ४ गते शुक्रवार

राजपुर समन्वयमा महिलाहरुको लागि आत्मसुरक्षा कार्यक्रम सम्पन्न



राजपुर गाउँपालिका गंगदि, दाङ
थर्ड आई नेपालको आयोजनामा राजपुर गाउँपालिकाको समन्वयमा आज ” महिलाहरुको लागि आत्मसुरक्षा ” भन्ने नाराका साथ आज राजपुर गाउँपालिकाको
श्री साधारण नमूना माध्यमिक विद्यालय , गंगदिमा उदघाटन गरीएको जानकारी संस्थाका अध्यक्ष यवम यस कार्यक्रमका सभापति बसन्त गिरीले बताउनु भएको छ ।
उक्त कार्यक्रम राजपुर गाउँपालिकाका अध्यक्ष श्री शरद कुमार वुढाथोकीको प्रमुख आतिथ्य र राजपुर गाउँपालिकाका
उपाध्यक्ष श्रीमती धनपति देवी यादव , प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पाण्डेय र विद्यालयका प्रधानाध्यापक श्री मान बहादुर केसीको विशिष्ठ आतिथ्य मा गरियो थियो जसमा ८१ किशोरीहरुको उपस्थिति रहेको र सम्पूर्ण किशोरीहरुलाई प्रमाण पत्र पनि बाँडिएको जानकारी कार्यक्रम सञ्चालक शरद भण्डारीले गराउनु भएको छ ।
समाजमा बढिरहेको बलात्कार र महिला हिँसा जस्ता संवेदनशील घटनाहरू नघटोस् र महिला आफैलाई पनि आत्मसुरक्षा बारे केही ज्ञान हुनु पर्दछ र र यस्ता घटनाहरू विरुद्ध बोल्न सक्नु पर्छ भने यस कार्यक्रमको मूल उदेश्य रहेको संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताउनु भएको छ । बलात्कार र महिला हिँसा न्यूनीकरण कसरी हुन सक्छ भन्ने चेतनामूलक कार्यक्रम राजपुर गाउँपालिकाको आठै वटा माध्यमिक विद्यालयमा हुनेछ जसमा प्रतक्ष्य रुपमा हजार बढी किशोरीहरूले लाभ लिन सक्नेछन्।
उदघाटन कार्यक्रम एकदमै सफल रुपमा सम्पन्न भएको यस संस्थाका उपाध्यक्ष सुश्री प्रतिज्ञा भण्डारीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार