२०८१ असार २९ गते शनिवार

सञ्चार तथा सुचना मन्त्री रेखा शर्मा दाङमा



सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा वैशाख १४, १५ र १६ गते हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दाङ जिल्लामा आएकि छिन।

उनि तीन दिन दाङमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने छिन । मन्त्री शर्मा वैशाख १४ गते ९बिहीवार० विहान साढे सात बजे घोराहीको नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार भेटघाटमा सहभागी हुने छिन । त्यसपछि मन्त्री शर्माले साढे १० बजे बंगलाचुली गाउँपालिकामा आयोजित बंगलाचुली कप खेलकूद उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे नारायणपुर ब्यापार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

त्यस्तै वैशाख १५ गते (शुक्रवार) विहान मन्त्री शर्मा तुलसीपुर र रगैचामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ भने दिउँसो महिला संगठन र महिला सञ्जालले घोराहीमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

वैशाख १६ गते (शनिवार) मन्त्री सुरक्षित आवाससम्बन्धी बैठक र लमहीमा हुने कार्यक्रममा भाग लिएर राजधानी फर्कनुहुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार