
चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकारहरुको भोट माग्न तछाँड मछाँड झैँ देखिन्छ। यस वर्ष संघको अध्यक्ष पदका लागि कलाकार मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदका लागि रेजिना,मोहनका साथमा सविन श्रेष्ठको उम्मेदवारी पर्ने भनिएको थियो । तर, सविनले अध्यक्ष पद छाड्दै महासचिवमा भिड्ने भएका छन्। यसले अब भने दुई जनाको प्रतिष्पर्धा हुने पक्का भएको छ ।
यहि पदका लागि सविनसहित ५ जनाको उम्मेदवारी परेको छ। सञ्जय खतिवडा, धर्मानन्द आचार्य, पनाह अधिकारी र उत्तम केसीले उम्मेदवारी दर्ता गराएका छन्। सचिव पदका लागि रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन्।
संघको कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालको भिडन्त पर्ने पक्का भएको छ। सह–कोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्य रहेका छन् भने १२ जना सदस्यका लागि २६ जनाको उम्मेदवारी परेको छ। यस कारण संघको चुनाव निकै रोचक देखिएको छ।
भोली बुधबार अध्यक्ष पदकी उम्मेदवार रेजिनाले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएकी छन्। आज मोहन निरौलाले गर्ने भनिएको प्यानल सहितको पत्रकार सम्मेलन दिउसो स्थगित गरिएको थियो
