२०८१ बैशाख ७ गते शुक्रवार

छाेराको निधन पछि एक्लिएकी बुहारीलाई सासू-ससुराले छोरीको रुपमा विवाह गरेर पठाए !



फागुन २७

विवाह जीवनको महत्वपुर्ण संस्कारका साथै जीवन साथी साथमा जीनवरथ अघि बढने कार्यको सुरुवात पनि हो । तर, दाङमा छोराको नि-धन पछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा विवाह गरेर सासु ससुराले पठाएका छन् ।
दाङको तुलसीपुरमा सासु ससुराले बुहारीलाई छोरी सरह कन्यादान गरेर धुमधामका साथ विवाह गराइदिएका हुन् ।
छोराको निधनपछि बुहारीको उज्ज्वल भविष्यको कामना गर्दै कन्यादान गरिदिएका तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको विवाह गराइदिएका हुन् ।
३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन । उनीहरुले क्यान्सरका कारण छोराको मृ-त्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिँदै बर्दघाट नगरपालिका वडा नं। ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका हुन् ।

छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शि-व श्रेष्ठले बताए । हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ससुरा शिबले भने ।
यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको छ । आरतीको विवाहमा यहाँका जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरुगणहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार