२०८२ बैशाख ५ गते शनिवार

चिट्ठामा नयाँ बस उपहार



फागुन ९ दाङ तुल्सिपुर

दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि. ले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ । दाङको तुलसीपुरमा २ जनाले आज चिट्ठामा नयाँ बस जितेका हुन् । लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका -२ का विशाल चन्द र दाङको बबई गाउँपालिका -७, मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् ।
दुवै जना राप्ती त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. मा आबद्ध गाडी धनीहरू हुन् । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. ले आफ्नो संस्थामा आबद्ध झन्डै ६ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हाे । चिट्ठा परेको बसकाे बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन् ।
चन्द र पुन दुवै जनाकाे बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. मा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरकाे बसपार्क काउन्टरमा कार्यरत छन । उनले वि.सं. २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किनेका थिए । त्याे बस अहिले पनि दाङ – सल्यान-रुकुमसम्म सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार