२०८० चैत्र १६ गते शुक्रवार

लुम्बिनी प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी परित्याग गरिन



फागुन ०१
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो   ।`श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ ।
एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` बाट निर्वाचित भएकी थिइन् । नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो । कुलबहादुर केसी मुख्यमन्त्री बनेपछि उनी राज्य मन्त्रि बनिन्    एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । विवादास्पद तस्विर सङ्गै कुटपिटमा समेत नाम जाेडिएपछि राजिनामा दिएकि थिईन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार