२०८१ बैशाख १ गते शनिवार

युथ अफ तुलसीपुरकाे आयोजनामा कुस्ती प्रतियोगिता
फागुन ११ गतेदेखि १७ गतेसम्म



माघ २९
तुलसीपुरमा कुस्ती प्रतियोगिता हुने भएको छ ।
युथ अफ तुलसीपुरको आयोजनामा अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्न लागिएको हो । यही फागुन ११ गतेदेखि १७ गतेसम्म अरनीको मैदानमा कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।
क्लबका अध्यक्ष अरुण लहरेका अनुसार प्रतियोगितामा ३७ जना खेलाडीको सहभागिता रहनेछ । ३० जना भारतीय पुरुष खेलाडी, दुई जना भारतीय महिला खेलाडी र पाँच जना नेपाली पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।
नेपालमा कुस्ती प्रतियोगिता स्थापित हुन सकेको छैन । यसलाई नेपालमा पनि स्थापित गराउनकालागि यो प्रतियोगिता आयोजना गरिएको हो अरुण लहरे जानकारी दिनु भएकाे छ

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार