
तुलसीपुर
सञ्चार मन्त्री रेखा शर्माले घोराही-तुलसीपुर चारलेन ठेक्का नेपाल सरकारले मात्रै चाहेर तोड्न सक्ने अबस्था नरहेको बताएकि छिन । पत्रकार महासंघ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारहरुका संगठनहरुको आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रममा उनले चारलेन निर्माणको काम अगाडी बढाउनकालागि प्रक्रियागत रुपमा काम अघि बढेको बताउदै ठेक्का तोड्ने कि अघि बढाउने बारेमा छलफल भैरहेको समेत बताईन ।
नेपाल सरकारले बजेट सुनिश्चितता गरे ठेक्का तोडेर पनि अघि बढ्न सक्ने अवस्था रहेपनि सरकारले मात्रै चाहेर यो सम्भव नभएको उनले बताईन् । सडक निर्माणको कामलाई अघि बढाउनका लागि आफू निर्वाचित भएदेखि नै लागिरहेको सञ्चार मन्त्री शर्माको भनाई थियो
प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार