२०८२ बैशाख ७ गते सोमवार

राप्ती राजमार्ग मृत्यु मार्ग बन्दै : कसैको ध्यान पुग्न सकेन



माघ
२३
राप्ती राजमार्ग मृत्यु मार्ग जस्तै बनेको छ। साँघुरो सडक, उप्किएको पिच र सडकमा रहेका खाल्टाखुल्टीको कारण राप्ती राजमार्गमाा दुर्घटना बढ्दो छ सल्यान–दाङको सीमादेखि सल्यान शिमाना सम्म
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताए।  राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सीमादेखि सल्यानतर्फको भागको सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न सडक डिभिजन कार्यालय दाङसँग समन्वय भइरहेको बताए पनि    प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने राप्ती लोकमार्गको वर्षौंंसम्म स्तरोन्नति र विस्तार नहुँदा ‘मृत्युमार्ग’को रूपमा परिणत हुन थालेको छ। २०६३ सालमा राप्ती लोकमार्गकै भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मृत्यु भयो। २०७५ सालमा राप्ती लोकमार्गकै राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो


यस्ता ठूला दुर्घटना भइरहदा पनि राप्ती लोकमार्गमा हुने दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै बेखबर जस्तै छन्। दुर्घटना भएर आफन्त गुमाउँदा दुःख व्यक्त गर्नुबाहेक दुर्घटना न्यूनीकरणमा कसैको ध्यान नगएको स्थानीय बताउँछन्। दाङ, सल्यान र रुकुमलाई जोड्ने राप्ती  तुलसीपुरदेखि श्रीनगरसम्मको सडक झन बिग्रिएको छ।

राप्ती लोकमार्गको राम्री, चोरखोला, अरिंगाले, मूलपानी, खारखोला, भान्टाखोला दुर्घटना हुने अतिजोखिम क्षेत्र हुन्। यी क्षेत्रमा सडक खाल्टाखुल्टी, पहिरोले साघुरो भएर जोखिम बढेको हो। सडक क्षतविक्षत हुँदा पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम झन् पछि झन् बढ्दै गएको स्थानीय बताउँछन्। उनीहरूले पटकपटक यस क्षेत्रमा दुर्घटना हुनुमा सडक मर्मत नहुनु, खाल्डाखुल्टी हुनु, घुम्तीहरू साँघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनुले सधैं जोखिम व्यहोर्नु परेको बताए।
सडकको मर्मत नहुँदा अवस्था झन् जीर्ण हुदै जान्छ। त्यसमाथि गुडाउने सवारीसाधनको गति र भार भने उस्तै छ। सडक कमजोर छ भन्ने कुरा बिर्सिएर ओभरलोड राख्ने र तीब्र गतिमा चलाउने काम रोकिन सकेको छैन।

बाटोकाे
राप्ती राजमार्ग मृत्यु मार्ग बन्दै :

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार