२०८२ बैशाख ४ गते शुक्रवार

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु



१७ माघ
सुर्खेत । जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार