२०८० असोज ६ गते शनिवार

संघीय संसद् भवनअगाडि आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यकाे मृत्यु  



११ माघ,
  संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर  आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यकाे मृत्यु   को  भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार