
अफ्रिकी देश सेनेगलमा बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। दुर्घटनामा झण्डै ८० जना घाइते भएको रोयटर्सले जनाएको छ।
मध्य सेनेगलको काफ्रिन सहरनजिकै दुई बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटना भएको स्थान सेनेगलको राजधानी डाकरबाट २२० किलोमिटरको दूरीमा रहेको बताइएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा दुर्घटना भएको थियो। घाइतेहरुको काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा उपचार भइरहेको स्थानीय अधिकारीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार