
पुष २२,दाङ/ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भक्तरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार