२०८१ चैत्र १ गते आइतवार

द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई



करण राई ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार