
मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडालाई भोट माग्न घरदैलो कार्यक्रममा जाँदा गाडीबाट ओर्लिएर भोट माग्न जाने क्रममा एक स्थानीयले २ झापड हानेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
मकवानपुरको पश्चिम मनहरी गाउँपालिका–४ मा घरदैलो कार्यक्रममा लागी उनी गएका थिए । स्थानीय ५० वर्षका पुरुषोत्तम खड्काले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई झापड हानेका हुन् । खड्काले मदिरा सेवन गरेर उम्मेदवार खतिवडामाथि झापड हानेकाे स्थानीयले बताएका छन् । तर, प्रहरीले भने उम्मेदवार खतिवडामाथि अभद्र व्यवहार भएको बताएको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । प्रहरीले खड्काले मदिरा सेवन गरे/नगरेको बारे भने मेडिकल जाँचपछि मात्रै पत्ता लाग्ने जनाएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार