२०८१ बैशाख ६ गते बिहिवार

मुसिकोटको शितलपोखरी बजार सरसफाइ कार्यक्रम सम्पन्न



३१असोज,रुकुम पश्चिम/ रुकुम मुसीकोट नगरपालिकाको-४ मा अवस्थित शितलपोखरी बजार वरपर सरसफाई गरिएको छ ।सोमवार शितलपोखरी युवा क्लबको आयोजनामा उक्त बजार सरसफाई गरिएको हो ।वडा नम्बर ४ का वडा अध्यक्ष निर्मल पुनको उपस्थितिमा गाउँका बुद्दिजिबी र शितलपोखरीका ब्यबसायीहरुको सहभागिताका साथ युवाहरुले सरसफाई गरेको शितलपोखरी युवा क्लबका अध्यक्ष नविन शर्माले जानकारी दिनुभयो ।साथै आजै शितलपोखरी बजारमा फोहोर गर्नेलाई १०० देखी ५०० रुपैयाँ सम्मको जरिवाना गर्ने व्यवस्था पनि गरिएको हो। शितलपोखरी बजार हप्ता को एक दिन अनिवार्य सरसफाई गर्ने निर्णय पनि गरिको थियो।साथै कमला ओलिको अध्यक्षतामा १६ सदस्यीय बजार व्यवस्थापन समिती गठन गरिएको पनि बताउनुभयो ।

फोटो फिचर १
फोटो फिचर

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार