२०८१ बैशाख ७ गते शुक्रवार

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो



१२ असोज,सल्यान /सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार