२०८० मङ्सिर १२ गते मङ्गलवार

बालेनलाई एमालेको साथ – कानुनविपरीतका संरचना हट्नुपर्छ- केपि शर्मा वली



भदाै २२ ,,,,,,,,काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को ‘डोजर अभियानको समर्थन गरेका हुन् ।

उनले भने, ‘यो कदम ठिक छ । महानगरले यो गर्न सक्छ । अहिले काठमाडौँमा पार्किङ र भिडभाडको समस्या छ । काठमाडौँमा विभिन्न समस्याहरू छन्, यसलाई बिना भेदभाव महानगरले आफ्नो कदम चाल्न सक्छ ।’

त्यस्तै उनले यस्ता कदम चाल्दा कसैलाई लक्षित गर्न नहुनेमा समेत सचेत गराए । उनले भने, ‘कसैप्रति लक्षित नगरीकन आफू अगाडि बढ्नु महानगरको दायित्व हो ।’

त्यस्तै, एमालेका सांसद महेश बस्नेतको बालेनलक्षित टिप्पणीबारे समेत ज्ञवालीले प्रतिक्रिया दिए । उनले अरू कसैले यसबारेमा दिएको प्रतिक्रिया आफ्नो सरोकारको विषय नभएको बताउँदै उनले भने, ‘अरू कसले के भने भन्ने कुरा मलाई सरोकारको विषय भएन । भाडामा बस्ने कहीँ–कसैलाई सूचना नपुगेको सत्य पनि हुनसक्छ, यसमा कसैले कसैसँग जुहारी खेल्नुपर्ने आवश्यक ठान्दिनँ म । कसै–कसैलाई बाध्यात्मक अवस्था छ र छोटो अवधि दिनु भनेको खण्डमा त्यसमा महानगरले सोच्नुपर्ने कुरा पनि थियो ।’

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार