
१० भदौ,दाङ/ बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले वडा नम्वर ७ को ढावका पहिरो पिडितहरुको घर छिट्टै निर्माण गरिने बताउनु भएको छ । अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाले पहिरो पिडितका घरहरु निर्माणका लागि केन्द्र सरकार संग बजेट माग गरिसकेको हुँदा चाँडो भन्दा चाँडो घर निर्माणको काम सम्पन्न हुने बताउनु भएको छ ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले पहिरो पिडितहरुको लागि निर्माण गरिएको एकिकृत बस्तिको अवलोकानका क्रममा स्थानियहरु संगको भेटमा यस्तो जानकारी दिनुभएको हो । सो अवसरमा पहिरो पिडितहरुले गाउँपालिका अध्यक्ष पुनलाई चाँडो भन्दा चाँडो घरहरु निर्माण गर्दिन अनुरोध गरेका थिए । गत वर्ष अविरल वर्षा संगै आएको पहिरोले बंगलाचुली गाउँपालिका वडा नं.-७ ढावको वस्ती पहिरोले बगाएको थियो । सो पहिरोका कारण ४८ घर परिवार विस्तापित हुन पुनेका थिए। विस्थापित परिवार मध्य बंगलाचुली गाउँपालिकाको लागानिमा अहिले सो स्थानमा १६ वटा घरहरु निर्माण भईसकेका छन् । अब ३२ वटा घरहरु केन्द्र सरकारले दिने बजेट बाट निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।अध्यक्ष पुनले पहिरो पिडितहरुको लागि पालिकाले निर्माण गरेको घरहरुको अवलोकन तथा पिडितहरु संग भेटघाट गर्दै त्यहाँको अवस्थाको जानकारी लिनुभएको छ । यसैविच अध्यक्ष पुनले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ को हाँसीपुरमा रहेको हाँसिपुर आयुर्वेद अस्पतालको निर्माणाधिन भवनको अवलोकन गर्नु भएको छ ।बंगलाचुली गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको संयुक्त लगानिमा अहिले आयुर्वेद अस्पताल भवन निर्माणको काम भईरहेको छ । सो अस्पताल ७० लाख लागतमा निर्माण हुने अध्यक्ष पुने जानकारी दिनुभयो । अनुगमनका क्रममा नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी अध्यक्ष डोमाकान्त कवर मगर, बंगलाचुली गाउँपालिका निवर्तमान अध्यक्ष भक्त बहादुर वली,वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहा मगर,निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरको समेत सहभागिता रहेको थियो ।