
८ भदौ,तुलसीपुर/ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले कानुन विपरित अघि बढ्ने जोसुकै माथि निर्मम प्रहार गर्ने बताउनुभएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी मल्लले तुलसीपुर क्षेत्रमा यस अघि भएका अपराधिक कृयाकलापको गरिहोगरी अध्यन गरिरहेको बताउँदै उहाँले दोषीलाई नछोड्ने बताउनुभयो ।आफु कति दिन बस्ने भन्दा पनि बस्दासम्म के गर्ने भन्ने कुरामा दृढ रहेको बताउँदै कानुन विपरितका कुराहरुमा कुनै सम्झौता नगर्ने बताउनुभयो । ‘तपाँईको सूचना तपाईको सुरक्षा, मेरो रणनीति हो । तपाईहरुलाई कसैले चन्दा मागेको छ । कसैले धम्कि दिएको छ भने भन्नुस । तपाँइले नभन्दासम्म मलाई थाहा हुँदैन । म बाट पनि व्यवसायीलाई दुःख दिने काम हुँदैन, गलत गर्छु भने प्रश्न उठाउनुस ।’ डिएसी मल्लले भन्नुभयो ।तुलसीपुरका १८ स्थानमा रहेका सिसी टिभी मध्य प्रयोगमा रहेका १६ वटा सिसी क्यामरा पनि काम चलाउ खालको रहेको उहाँले बताउनुभयो ।चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास व्यवसायी महासंघका केन्द्रिय महासचिव लालबहादुर केसी, चेम्बरका महासचिव प्रेम प्रकाश गिरी, सचिव ऋषीराज भण्डारी लगाएतले विगतमा चन्दा आतंक, लुटपाट, अपहरण, हत्या जस्ता जघन्य खालका घटना भएकाले यस तर्फ सजग हुन आग्रह गरेक थिए ।
