२०८० चैत्र १६ गते शुक्रवार

पराम्परागत खेती परनिर्भरता बढायो प्रणालीले: टीकाराम खड्का



२९ साउन,तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पराम्परागत कृषि प्रणालीका कारण परनिर्भरता बढेको बताउनुभएको छ । ज्ञानमा आधारित एकीकृत दिगो कृषि नेपाल किसान परियोजना २ को समीक्षात्मक कार्यक्रममा नगरप्रमुख खड्काले व्यवसायीक कृषि प्रणालीलाई किसानहरुले व्यवहारमा उतारे मात्रै परनिर्भरता हट्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका

वडा नम्बर १का वडाध्यक्ष हुमकान्त सापकोटाले वडामा करिब ३० प्रतिशत किसानहरुको मकै खेती रोग किराले नष्ट गरेको बताउनुभयो । उहाँले कतिपय स्थानमा प्राविधिकहरुको राय सल्लाहअनुरुप खेती गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।

वडा नम्बर १०का वडा सदस्य ज्ञान्द्रबहादुर खड्काले प्राविधिकको राय सल्लाहअनुरुप नै खती गर्दा समेत पर्याप्तरुपमा उत्पादन लिन नसकिरहेको बताउनुभयो । किसान २ परियोजनाका जिल्ला संयोजक सुधा मिश्रले रोग किरा व्यवस्थापन(एकिकृत शत्रुजीव व्यवस्थापन),धान नर्सरी व्यवस्थापन,उत्पादन प्रविधि फौजी किरा नियन्त्रणमा मकै खेती लाइनमा गर्दा सहज हुने बताउनुभयो ।

कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरेपनि प्रविधि र ज्ञानको अभावमा उत्पादन पर्याप्त मात्रामा लिन नसकिरहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन हरिप्रसाख खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार