२०८२ बैशाख ७ गते सोमवार

कर्भड हल र सटर हस्तान्तरण



तुलसीपुर,२८ साउन/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको मदन भण्डारी रंगशालामा निर्मित कर्भड हल र सटर हस्तान्तरण गरिएको छ ।
भ्यूडहर सोनपुर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कर्भड हल हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले रङ्गशालामा विस्तृत विवरण प्रतिवेदन अनुसार संरचना निर्माण गर्दै जाने बताए । उनले पालिकाले अघि सारेको एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिदै खेल संरचना र खेलाडी प्रशिक्षणमा समेत विशेष रुपमा ध्यान दिइने बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बहुउद्देश्यीय खेल मैदानकारुपमा विकास गर्नुपर्ने बताए ।

वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकोटा खेल क्षेत्रमा विस्तृत परियोजना विवरणमा उल्लेख भए बमोजिम कर्भट हल निर्माण भएको र अब फुटबल मैदान व्यवस्थित बनाउनका लागि वडा सरकार तयार रहेको बताए । कुमार निर्माण सेवाले ६६ लाखको लागतमा कर्भड हल निर्माण गरेको हो । खेल मैदान संरक्षणको जिम्मा वडा सरकारको रहेको छ भने आम्दानी विद्यालयले प्राप्त गर्नेछ । त्यस्तै व्यवसायिक सटर समेत निर्माण गरिएको छ

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार