२०८० चैत्र १५ गते बिहिवार

टिफिन खर्च बचाई,विद्यार्थी द्वारा जेब्राक्रस निर्माण



२१ साउन, दाङ/ आज दाङको तुलसीपुर मा रहेको बिरेन्द्र चोकमा विद्यार्थी हरुले जेब्राक्रस निर्माण गरेका छन। उक्त चोकमा दैनिक हजारौं मानिस हरु आवतजावत गर्ने गर्दा मेन चोक देखिनै साहिट काट्ने भएको कारण दैनिक सानातिना घटना घटिरहेका हुन्छन।
धेरै समय अगाडि देखिनै उक्त चोकमा जेब्राक्रस नभएको र सरकार वालाले पनि चासो नदिएको कारण हामी भाहिर देखी पढ्न आएका विद्यार्थी हरुले आफ्नो टिफिन खर्च बचाएर जेब्राक्रस गराउने निर्णय गरेको विद्यार्थी हरुले बताएका थिए।उक्त अभियान का संयोजक के.बि वलीले हाम्रो यो टिमले हिजो स्कुल देखिनै सकारात्मक काम गर्दै आएको र आगामी दिनमा पनि यस्ता समाजमा सकारात्मक सन्देश जाने काम गरिरहने बताए। जेब्राक्रस कुनै आफू पपुलहर हुनलाई नगरेको र आज भोलि दैनिक सडक दुर्घटना हुने भएकोले आफुहरुले गरेको कामले भोलिका दिनमा कोहि पनि यस्ता सडक दुर्घटनामा नपरुन र सहज तरिकाले यात्रा गर्न सकुन भनेर उक्त कार्य गरेको बताउनु भएको हो। आफुलाइ यस कार्यमा सगाउनु हुने सम्पुर्ण सहयोगि मन हरुलाइ,ट्राफिक कार्यलय,सम्पुर्ण साथीहरू लाई धन्यवाद दिनु भएको थियो।थोरै मौसम का कारण अलि ढिला गर्नु परेको र केही बाकी काम केही दिनमै पूरा गर्ने पनि बताउनु भएको हो भने यश कार्यको लागी धेरै जना संग सहयोग लिदा योत हामीले गर्ने काम होइन सरकार ले गर्ने हो भने हरुलाई भन्नू भयो उहाहरु हरु सरकारको बाटो हेर्दै बस्नु भएको र दुर्घटना भए टिकटोक गराउने निहेतका मान्छे भएको पनि बताउनु भयो
उक्त टिमले बिरेन्द्र चोकको चार ठाउमा एक एक साहिट जेब्राक्रस गरेको हो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार