२०७९ मङ्सिर १६ गते शुक्रवार

सवारी दुर्घटना न्युनिकरण गर्न सडक नाटक प्रस्तुत



१६-साउन,तुलसीपुर/ तुलसीपुरमा ट्राफिक सचेतना सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न र सडक प्रयोग सम्बन्धी वास्तविक ज्ञान प्रदान गर्न सड्क नाटक प्रस्तुत गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको सयोजत्वमा तुलसीपुर ६ मा रहेको हिमाल ऐकेडेमीको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सोमबार नाटक प्रस्तुत गरेका थिए । उक्त अवसरमा २५० बढि बिद्यार्थी, शिक्षक, स्थानिय, पत्रकारहरुको उपस्थिति थियो । नाटक प्रस्तुत गर्नु अघि विद्यार्थीहरु स्कुलदेखि गुम्राहाचोक, जेशिस चोक हुँदै बिरेन्द्र चोकसम्म ¥याली निकालेका थिए । ¥याली बिरेन्द्र चोकमा पुगेर कोणसभा गरिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार