
एच. आर. मगर
सल्यानको कपुरकोट गाउँपालिका १ बगालेडाँडा सारपानीमा एक कार्यक्रमको आयोजना गरि बगाले कृषि उपज खुला हाटबजार केन्द्रको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले उद्घाटन गरेका छन । बगाले कृषि उपज खुला हाटबजार केन्द्रका अध्यक्ष राजु पुनको सभा अध्यक्षता सौरीलाल बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।
कपुरकोट गाउँपालिका कृषि उत्पादनको लागि एकदमै राम्रो ठाउँ भएकाले गाउँपालिकामा उब्जनी भएका तरकारीहरू नेपालको विभिन्न ठाउँ र छिमेकी देश भारतसम्म जाने भएको भन्दै प्रमुख अतिथि भण्डारीले गाउँपालिकाले कृषकहरूले उब्जाएको कृषिजन्य सामग्रीहरू बजारीकरण गर्नका लागि सहयोग गर्ने बताए । उनले यसका बारेमा गाउँपालिका सधैँ सकारात्मक रहने र आफूहरूले कृषकहरूको हकहितका लागि काम गर्ने पनि प्रतिवद्धता गरे ।
उनले बगालेमा हाटबजारको उद्घाटन गर्न पाउँदा आफू निकै खुशी भएको र यस हाटबजारले यहाँ उत्पादन भएका कृषिजन्य बस्तुले बजार पाउने पनि बताए । यस्तै कार्यक्रमका विशिष्ट अतिथि कपुरकोट गाउँपालिका १ का वडाध्यक्ष बालाराम खड्काले पनि आफ्नो वडावासीहरू र छिमेकी वडाहरूले समेत आफूले उब्जाएको कृषि सामाग्रीहरू आफ्नै ठाउँमा बेच्न पाउँदा कृषकहरू निकै हर्षित भएको बताए
उनले कृषकहरूको खुशी नै आफ्नो खुशी हुने भएको भन्दै थिए, भने कृषकहरूले उब्जाएको कृषि सामाग्रीहरू आफ्नै गाउँ ठाउँमा बेच्न पाउँदा निकै खुशी भएको बताए । यस्तै कार्यक्रममा झुप सिंह राना , अमर सिंह राना, बम बहादुर कँवर, र व्यापारी सुदीप बानियाँ, मिलन बानियाँ लगायतकाले आफ्ना भनाइ राखेका थिए, भने उक्त कार्यक्रमको सहजीकरण गंगाराम विकले गरेका थिए