२०८२ बैशाख ७ गते सोमवार

कृषि बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम त्रिवेणी गाउँपालिकामा सम्पन्न



अमृत वली
रोल्पा संवाददाता
२०७९श्रावण ०५ बिहिवार
युके.एडको आर्थिक सहयोग प्रयाक्टिकल एक्सन र डिकोस रोल्पाको प्राविधिक सहयोगमा संञ्चालित समुन्नति परियोजना अन्तर्गत कृषि बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम त्रिवेणी गाउँपालिकाको जुगारमा सम्पन्न भएको छ । कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरको अध्यक्षतामा भएको थियो । परियोजनाका व्यवस्थापक देवदत्त भट्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा वडाका अध्यक्ष,अगुवा कृषक,वडामा आवद्ध कृषकहरु लगाएत त्रिवेणी गाउँपालिका कृषिशाखा प्रमुख कर्मचारीको सहभागिता रहेकोे थियो ।
कृषि बजारीकरण सम्बन्धि विषयमा छलफल भएको थियो । त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरको संयोजकत्वमा ११ सदस्य कृषि तथा पशु बजार समन्वय समिति गठन गरिएको छ । जस्को सप-संयोजकमा त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डागि,सदस्यहरुमा दिपा बुढा मगर, निम बहादुर बुढा, लोक बहादुर बुढा, पर्शराम घर्ती , मन कुमारी वुढा, अमर केसी, गंगा प्रशाद घर्ती , मञ्जु डागि वली र सदस्य सचिवमा त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख थमन बहादुर बुढा रहनुभएको छ। त्रिवेणी गाउँपालिकामा २०७९ को लागि कृषि कार्यका लागि करिब १ करोड बराबरको रकम प्राप्त हुने बताइएको छ।कार्यक्रमको प्रस्तुतीकरण परियोजनाका कार्यक्रम सञ्चालन बेरजंग पुन मगरले गर्नु भएको थियो । अहिले परियोजना कार्यक्रम दाङ जिल्लाको दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका रहेका छन। रोल्पा जिल्लाको रुन्टिगढी,त्रिवेणी,परिवर्तन र थबाङ गाउँपालिका रहेका छन् । रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेको परियोजनाका व्यवस्थापक देवदत्त भट्टले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार