२०८० चैत्र १६ गते शुक्रवार

घोराहीमा सवारी दुर्घटना : दुईको मृत्यु



असार १६
दाङको घोराहीमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र साइकलयात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज बेलुकी पौने ९ बजे सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ मोटरसाइकलले घोराही ७ बेसाही नजिक २ वटा साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार