
जेठ २५….. तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का आफै झाडु कुचाे लिएर सरसफाई अभियानमा जुट्नुभएको छ । मेयर खड्काले बुधबार बिहानै तुलसीपुरको मुख्य सडक बिरेन्द्र चोकमा र आसपासको क्षेत्रमा सफाई गर्नुभएको छ ।
मेयर आफै कुचाेे लिएर सरसफाईमा निस्किएपछि उहाँहरुलाई उपमहानगरका उपमेयमर स्यानी चौधरी, सफाई र अन्य कर्मचारी, स्थानीय नागरिक र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए ।
मेयर खड्काले तुलसीपुरलाई सफा र सुन्दर सहर बनाउनका लागि सरसफाई सचेतनाका लागि आफु सफाईमा जुटेको बताउनुभयो । तुलसीपुरमा यसअघि पनि क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान संचालन भएपनि सफाई अभियानले सार्थकता पाउन नसकेपछि फेरि सरसफाई अभियानको शुभारम्भ गरिएको मेयर खड्काले बताउनुभयो ।
सफा र सुन्दर सहर बनाउनका लागि स्थानीय सरकारलाई आम नागरिकले साथ दिनुपर्ने उहाँको भनाई छ । ‘सरकारको एक्लो प्रयासले केहि पनि सम्भव छैन्, अझ सफाई जस्तो कुरा त झन् सबै नागरिक जिम्मेवार बन्नुपर्छ ।’ उहाँले भन्नुभयो-‘कम्तिमा मैले आफुले फोहरलाई सहि व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको विकास हुन सक्नुपर्छ ।’
उहाँले स्थानीय नागरिकलाई सरसफाईका लागि आफै जागरुक हुन आग्रह समेत गर्नुभयो । ‘तुलसीपुरलाई आहा लाग्ने बनाउन सबैको भूमिका महत्वपूणर् हुन्छ ,भन्नू भयाे
