बैशाख २६
शंकर भुसाल
आसन्न स्थानीय तहको निर्बाचन नजिकिदै जादा निर्बाचन को माहोल आफ्नो पक्षमा पार्न को लागि राजनैतिक दलहरु आ-आफ्नो रणनीति अनुसार अघि बढिरहेका छन । सोही क्रममा अहिले जनताको घर दैलो मा पुगि जनता संग साक्षरत्कार गर्ने क्रियाकलाप गरिरहेको देखिन्छ ।यसै क्रममा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ मा नेकपा एमाले को तर्फ बाट उम्मेदवारी दिनु भएका बिरबहादुर बिक को टोलिले निर्बाचन केन्द्रित पहिलो चरण को भेट-घाटको कार्यक्रम सम्पन्न गरेको छ।
उक्त भेटघाट को कार्यक्रम बाट जनता सङ नजिक भएर जनताको भावना अनुसार अघि बढने उहाँ बताउनु हुन्छ।
आज राप्ती सन्चार अनलाइन सङ कुराकनी गर्दै उहाँले अब को निर्बाचन मा आफ्नो जित सुनिश्चित रहेको बताउनु हुन्छ। म र मेरो सम्पुर्ण टिमले जनताको समग्र बिकास मा ध्यान दिदै आगामी पाच बर्ष भित्र यस ३ न वार्ड लाई उपमहानगरपालिकाको नमुना वार्ड को रुपमा बिकास गर्ने बताउनु हुन्छ ।
बिकास का पुर्बाधार ,सामाजिक ,आर्थिक ,राजनैतिक मुद्दा हरु लाई सम्बोधन गर्दै जनताको जिबनमा प्रत्यक्ष परिवर्तन गर्ने उहाँ बताउनु हुन्छ। पहिलो कार्यकाल मा मैले धेरै बिकास को रुपरेखा कोरेको छु अब पनि निर्बाचित भएको खण्डमा ती मेरा सपनालाई सार्थक बनाउने पहल लिने छु उहाँ बताउनुहुन्छ।
मेरो पहिलो लक्ष्य बिकासका पुर्बाधार निर्माण हो त्यसपछी मैले गुणस्तरीय जीवन को लागि गर्ने सम्पुर्ण रुपमा केन्द्रित हुने छु।
हाम्रो वार्ड विकट वार्ड भए पनि यहाँ सम्भावना ले भरिपुर्ण छ।त्यसैले मैले कृषि क्षेत्रको उत्थान को लागि कल्ले बल्ले खामरी क्षेत्रमा विशेष कृषि राहत कार्यक्रम ल्याउने छु उहाँ बताउनु हुन्छ।
प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार