२०८१ असोज १ गते बुधवार

महिला सशक्तीकरण , आर्थिक उन्नति ,लैङ्गकि समता र समाबेशिकरण का मुद्दा लिएर उठेकि छु: पद्ममा कडेल




बैशाख २४

डिल्लीराज भुसाल


आसन्न स्थानीय तहको निर्बाचन नजिकिदै जादा निर्बाचन को रौनक देशै भरी छायेको छ।आफ्नो पक्षमा निर्बाचनको परिणाम पार्न को लागि सबै उम्मेदवारहरु र राजनैतिक दलहरु लागिरहेका छन।


निर्बाचन केन्द्रित यो समयमा जनताको भावना ,दल को प्रतिबद्धता र उम्मेदवार को प्रतिबद्धता लिएर घरदैलो अभियानमा लाग्नुपर्ने यो बेला नाचगान, चुट्का लिएर जनता को घरदैलो मा गएको देखिन्छ ।यस्तो परिवेस मा बिशुद्द राजनैतिक ,जनताको चासो र माग लाई सम्बोधन गर्न को लागि तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ मा महिला सदस्य पदमा नेकपा माओवादि केन्द्र बाट

उम्मेदवारी दिनु भएकी एक जुझारु महिला उम्मेदवार पद्ममा कडेल जनता को मनमस्तिष्कमा बसिसक्नु भएको छ।

महिलाहरुलाई शोषण ,पिडन र अभाव बाट उत्थान गरि समानता ,महिला हिसा अन्त्य र समानता र समतामा अधारित सुसुज्जित समाज निर्माणका लागि उम्मेदवारी दिएको बताउनु हुन्छ।

विभिन्न समाजिक,संघ संस्था ,सामाजिक अभियानमा नेतृत्वदायी भुमिका खेलेकि पद्ममा केडेल ले आफु आगामी निर्बाचन मा महिला सदस्यमा निर्बाचित भएमा वार्डमा रहेका महिलाहरु को सशक्तीकरण , लैङ्गकि समानता र आर्थिक स्तर माथी उठाउनको निम्ति र समग्र वार्ड को बिकासमा शसक्त रुपमा लाग्ने बताउनु हुन्छ।

उहाँ भन्नुहुन्छ ” म राजनैतिक ,सामाजिक , बिकास र आर्थिक मुद्दा लिएर जनता को घरदैलो मा पुगेकी छु,मलाई जनताको दरिलो साथ छ म अन्य पार्टीको जस्तो नभएको नारा लिएर जनतालाई भ्रम छरेर हिड्न सक्दिन ।म बर्गिय,लैङ्गकि उत्थान ,आर्थिक समानता का नारा लिएर निर्बाचन मा लागेको छु” ।
देश मा गणतन्त्र ,धर्म निरपेक्षता ,महिला सहभागिता ,समानुपातिक समाबेशिकरण आदि जस्ता मुद्दा  नेकपा माओवादी ले उठाएको र त्यसलाई सन्स्थागत गर्न माओवादी लाई उस्को चुनाब चिन्ह गोलाकार भित्रको हसिया हथौड़ा मा मतदान गरि निर्बाचित गराउनुपर्ने उहाँ बताउनु हुन्छ।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार